तेस्रो बंगाल हिमालय कार्निवल बिजनबारीको मेगीटारमा सुरु

दार्जिलिङ: ग्रामीण पर्यटन प्रवद्र्धन गरी ग्रामीण क्षेत्रलाई पर्यटकीय नक्सामा समावेश गरी स्वदेशी तथा विदेशी पर्यटकलाई उत्तर बङ्गालतर्फ आकर्षित गर्ने मुख्य उद्देश्यका साथ बिजनबारीको मेगीटारमा तेस्रो बङ्गाल हिमालय कार्निवल सुरु भएको छ। हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म नेटवर्क (H.H.T.D.N) द्वारा बंगाल सरकारको सहयोगमा मुख्य परियोजना र पर्यटन विभागद्वारा आयोजना गरिएको हो।

कार्यक्रममा जीटीए कार्यकारी सदस्य सतीश पोखरियालसहित सह शाखा विकास अधिकृत भूषण क्षेत्री, सदर प्रहरी चौकी इन्चार्ज पुलबजार अभिजित विश्वास लगायतको उपस्थिति रहेको थियो। आज मेगीटारबाट प्याराग्लाइडिङको पनि शुभारम्भ गरिएको थियो, जसमा पदाधिकारी तथा पर्यटन व्यवसायीको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement