गेजिङ। गेजिङ बर्मेक निर्वाचन क्षेत्रको पेचरेक हि -पातल ग्राम पञ्चायत इकाईमा ब्लक स्तरीय सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समन्वय सभा श्रीजङघा परिसरमा आज सम्पन्न भयो।सिक्किम सरकारका कृषि मन्त्री तथा क्षेत्र विधायक लोकनाथ शर्माको अध्यक्षतामा सम्पन्न सभामा सिक्किम सरकारका पशुपालन तथा पशुचिकित्सा सेवाका सल्लाहकार दुर्गाप्रसाद प्रधान,सिक्किम क्रान्तिकारी माेर्चा पार्टी पश्चिम जिल्ला अध्यक्ष ए. बी. सुब्बा, एनएचपीसी हिङदामका अध्यक्ष राम कुमार छेत्री, समष्टि स्तरीय सभापति सनवीर सुब्बा, नारी शक्तिका प्रतिनिधी लगायत विभिन्न प्रकोष्ठका कार्यकर्ताहरूको सहभागिता रहेको थियो। आजको कार्यक्रममा सिक्किम गरिब आवास योजना अन्तर्गत निर्माण कार्य पूरा भएको तीनवटा घरको चाबी मन्त्रीले लाभार्थीहरूलाई हस्तान्तरण गरेका छन। सभामा विभिन्न राजनीतिक पार्टी त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा केही परिवार सामेल भएका छन भने विधायक लोकोनाथ शर्माले स्वागत जनाए। सभालाई सम्बोधन गर्दै मन्त्री तथा क्षेत्र विधायक लोकोनाथ वर्तमान सरकारको योजना आमा, मुख्य मन्त्री पशु धन योजना,मुख्य मन्त्री माछा उत्पादन योजना, एमबीबीएस ५० वटा निशुल्क सिट आरक्षण, उच्च शिक्षाको निम्ति विभिन्न योजनाहरू कार्यन्वयन गरिरहेको बताए। उनले वर्तमान सरकारले तीन वर्षको अवधिमा गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा गरेको सामुहिक विकास माथि जानकारी दिदै गेजिङ बजारलाई ६३ करोडको पिउने पानी अनुमोदन भइरहेको बताए।जिल्ला अस्पतालको नविनीकरण गरेको विभिन्न उपकरणहरू जडान गरि अहिले विभिन्न उपचार हरू भइरहेको बताए।अझ एउटा अस्पताल गेजिङमा २५ करोडको लागतमा निर्माण भइरहेको जनाए।स्थानीय नागरिकहरूको निम्ति ८० वटा ब्लक हाउजिङ निर्माण हुने छ भने २० वटा शहरी गरिब आवास योजना साथै सिउरेज पनि आगामी दिनमा निर्माण हुने बताए।शिक्षा क्षेत्रवारे जानकारी गराउँदै बेदुङ स्कुलको भवन साथै खेलमैदान निर्माण भइरहेको छ भने मिडल गेजिङ स्कूलको भवन निर्माण भइरहेको छ तर उक्त भवन निर्माण गर्ने ठेकादारले काम समयमा नगरिदिएकोमा दु:ख व्यक्त गरे। यस मिडल गेजिङ स्कूललाई वरिष्ठ माध्यमिक विद्यालकोरपमा बढोत्तरी गरिने वचन दिए।लेक्शेप बजारमा हुन गइरहेको विकास माथि जानकारी गराउँदै लेक्शेप किराँतेश्वर शिवालय मन्दिर लगभग ७५ करोडको काम हुने छ भने यता बजारमा सुविधा युक्त झोडा, बालुवाखानीमा ट्रेकिङ तालिम केन्द्र स्थापन गरिने जनाए।
यसरी नै राङसाग कलेज खोलामा पुल निर्माण,क्रान्तिकारी बजार,बनभोज स्थल, मिनी गुवा, सडक सम्पर्क, राष्ट्रिय राज मार्ग,बुडा निलकण्ठ इत्यादि कामहरू भइरहेको थप बताए।मन्त्री शर्माले यस निर्वाचन क्षेत्रमा बर्मेक संस्कृत पाठशालामा गुरूकुलम स्थापना साथै पाँच करोडको भवन पनि निर्माण हुने बताए। अपर बर्मेक शेर्पा गाउँमा सामुदायिक भवनको निर्माण कार्य चलिरहेको जनाए। उनले अझ भने चिन्थाङ ग्राम पञ्चायतको मेगी डाँडामा ४० करोड लागतमा रवीन्द्रनाथ टाइगरको शालिक निर्माण गरि पर्यटनको क्षेत्रमा विकास गर्ने थप बताउँदै उनले गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा भइ सकेको सामुदायिक विकास र आगामी दिनमा हुने विकासमाथि उपस्थित जनतालाई जानकारी दिए।वर्तमान सरकारले ग्रामीण जनताको निम्ति शुरूवात गरेको योजनावारे विस्तृत जानकारी दिँदै कति काम भयो त्यसको सकारात्मक तुलना जनता स्वयंले गर्नु पर्ने आग्रह गरे।