मन्त्री लोकनाथ नेपालद्वारा दूध उत्पादक कृषकहरूसँग भेटसँगै सहकारी समितिको निरीक्षण

IMG-20220604-WA0180.jpg

देन्ताम। राज्यका कृषि, बागवाणी, पशुपालन एवं पशुधन, सूचना एवं जनसम्पर्क विभागीय मन्त्री लोकनाथ नेपालले आज बिहान पश्चिम सिक्किमको देन्तामस्थित दूध सहकारी समितिको स्थलगत निरीक्षण गरे। यस अवधि उनले दूध उत्पादकहरूसँग कुराकानी गर्दै यसै ऊर्जाको साथामा दूध उत्पादनमा बढ़ोत्तरी गर्नुपर्ने कुरामाथि प्रोत्साहित गरे।

देन्ताम दूध सहकारी समितिका सचिव सीमा सुब्बाले सहकारी समितिले दैनिक रूपमा हाल २०० लिटर दूध जमा गरिरहेको मन्त्रीलाई सूचित गरिन्। दूध उत्पादक कृषकहरूले हाल दूधमा फ्याटको स्तर जाँच गरेपछि यसको आधारमा ६० रुपियाँ प्रतिलिटर गरेर दूधको मूल्य पाइरहेको अनि दूधमा फ्याटको स्तर मशीनले जाँच गर्ने जानकारी गराइन्।

मन्त्री नेपालले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोचपछि शुरु गरिएको प्रतिलिटर दूधमा रु. ८ प्रोत्साहन राशि साथै दूधको फ्याट जाँच गर्ने मशीनको कार्यबारे विस्तृत रूपमा जानकारी लिने कार्य गरे।

About Author

Advertisement