गान्तोक। एसडीएफ पार्टीका प्रवक्ता अभिनाष याखा र रिञ्जिङ भोटियाले बेलको निम्ति हिजो गेजिङ जिल्लाको सेसन कोर्टमा अपील गरेका थिए, जुन आज खारिज गरिदिएको छ। आज न्यायालयमा सुनवाइको क्रममा दुवै जनाको बेल अपीललाई कोर्टले खारिज गरेको जनकारी प्राप्त भएको छ। बेल अपील खारिज गरिनुमा धेरै कारणहरू रहेको छ,जसमा आरोपीद्वय विरूद्ध लागेको मुद्दामाथि छानबीन भइरहेको देखाइएको छ। आरोपीद्वयले २ जूनको दिन गेजिङ जिल्लाको सेसन कोर्टमा आत्म समर्पण गरेका थिए। त्यसपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको थियो। भने हिजो आरोपीद्वयले अनलाइन मार्फत कोर्टमा बेलको निम्ति अपील गरेका थिए। कोर्टमा हिजो सुनवाई भएको तर फसेला सुरक्षित राखेपछि आज आज फसेला सुनाइएको थियो जसमा उनीहरूको बेल पिटिसनलाई रद्द गरिदिएको छ।
उल्लेखनीय छ गत ३० अप्रेलको दिन सोरेङ जिल्लाको डाँडा गाउँमा याखाले दिउँसो ओपन फाइरिङ गरेको र उक्त घटनामा रिञ्जिङ भोटिया पनि सामेल पुलिसमा दर्ता गरिएको एफआइआरमा उल्लेख गरिएको छ। उक्त घटनापछि आरोपीद्लय सोही दिनदेखि भागेका थिए। पुलिसले आरोपीको खोजी गरिरहेको कारण २ जूनको दिन उनीहरू वाध्य बनेर आत्मसम्पर्ण गरेका थिए। घटना क्रम अनुसार ३० अप्रेलको दिन प्रमोद तामाङ र उनका साथीहरू दोदकबाट आइरहेको समयमा सोरेङस्थित डाँडा गाउँमा याखा र उनका साथीहरूले बाटो रोकेका थिए भने एसडीएफ पार्टीका कार्यकर्ता अरूण लिम्बूले प्रमोद र उनका साथीहरूको आँखामा स्प्रे छर्के वादविवाद शुरू भएको थियो। यसै क्रममा याखाले बन्दुक निकालेर ओपन फाइरिङ गरेको एफआइआरमा दर्ता गरिएको छ। आरोपी विरूद्ध सोरेङ थानामा पुलिसले आइपीसीको धारा ३४२- र २७ आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको थियो।