नाम्ची उच्चतर मध्यमिक विद्यालयमा ७४ औं गणतन्त्र दिवस-पालन

Untitled-1-copy-61

नाम्बीः नाम्बी जिल्ला प्रशासनिक केन्द्रको तत्वावधानमा नाम्ची उच्चतर मध्यमिक विद्यालयमा ७४ औं गणतन्त्र दिवस-पालन गरियो । कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती मुख्य अतिथि थिए। मुख्य अतिथि उप्रेतीले राज्यवासीहरूलाई गणतन्त्र दिवसको बधाई दिँदै स्वतन्त्र सेनानीहरूको योगदानको सम्झाना गरे। संविधानले देशका नागरिकहरूलाई बुनियादी अधिकारहरू दिएका छन् भने नागरिकहरूले पूरा गर्नु पर्ने कर्तव्यहरू पनि दिएका छन् भनी उनले बताए ।

उनले आफ्नो सम्बोधनमा राज्य सरकारका विकास कार्यहरूमाथि पनि प्रकाश पारे। विशेष रूपमा सरकारले शिक्षा अनि स्वास्थ्य क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरूतिर उनले सबैको ध्यान आकर्षित गराए । उनले नाम्चीमा ३०० बेडेड अस्पताल बुनिने पनि अवगत गराए। कार्यक्रम अवधि मुख्य अतिथिको बाहुलीद्वारा जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई सम्मानित गरियो । यस अवसरमा नेहरू युवा केन्द्र, नाम्ची उच्चतर माध्यमिक विद्यालय र नाम्बी कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले रंगारंक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *