पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा ७४औं गणतन्त्र दिवस पालन

पाकिमः पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा आज देशको ७४औं गणतन्त्र दिवस भव्यरूपमा मनाइयो । यस अवसरमा विधायक डीटी लेप्चा मुख्य अतिथि थिए। कार्यक्रममा मुख्य अतिथिको बाहुलीद्वारा तुलाराम उप्रेतीलाई सम्मानित गरियो। उप्रेतीलाई जैविक खेतीमा उल्लेखनीय योगदानको निम्ति पद्म श्री पुरस्कारले सम्मानित गरिने भएको छ। यस अवसरमा जिल्लाका उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मानित गरियो।

मुख्य अतिथि विधायक लेप्चाले पाकिमलाई नयाँ जिल्ला बनाउन मुख्यमन्त्रीले गरेका कार्यहरूको सराहना गरे । उनले नागरिक समाज र अधिकारीहरूलाई पाकिम जिल्लाको विकासको निम्ति योगदान दिन आह्वान गरे। उनले सारेगमप लिटल च्याम्प्सकी विजेता पाकिमकी जेट्शेन डोना लामाको उल्लेखनीय उपलब्धिको उल्लेख गर्दै उनको जीत पाकिम जिल्लावासीहरूको निम्ति गर्वको कुरा रहेको बताए। उनले जिल्लाको समग्र विकास सुनिश्चित गर्न बजेट सत्रमा विकास परियोजनाहरू सामेल गर्न अधिकारीहरूलाई आह्वान गरे। यस अवसरमा जेएनवी, पाकिमका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा रिनाकका विधायक विष्णु खतिवडा तथा अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए ।

About Author

Advertisement