नाम्ची जिल्ला पंचायत भवनमा गणतन्त्र दिवस भव्य रुपमा पालन

नाम्ची: आज ७४औं गणतन्त्र दिवस नाम्ची जिल्ला पंचायत भवनले मनायो। गणतन्त्र दिवस भवन परिसरमा मनाइएको थियो।यस समारोहमा जिल्ला अध्यक्ष अन्जिता राजालिम मुख्य अतिथि थिइन्। कार्यक्रमको शुरूवात मुख्य अतिथिको बाहुलीद्वारा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रिय गानाका साथ गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्रीको सन्देश पढेर सुनाइयो। कार्यक्रममा जिल्ला उपाध्यक्ष बिकास तामाङ, नाम्ची नगर परिषदकी उपाध्यक्ष सावित्री तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement