कालचिनी – गत १५ बर्षदेखि मानसिक औ शारीरिक रूपले आक्रान्त बुद्ध तामाङको अनुहार हेर्दा स्वास्थ्य देखिन्छ तर तिनी आफ्नै घरमा साङ्लोमा बाँधिएर देख्दा कसैको पनि मनमा प्रश्न जागेर आउँछ आखिर किन साङ्लोले बाँधिएको? बुद्धको परिवार सदस्य अनि आमा मानु तामाङले गत १५ बर्षदेखि यस्तै अवस्थामा छँदा उपचारको निम्ति बाहिर लगिएको तर केही नहुँदा अन्ततः रुपियाँको अभावमा कतै उपचार गर्न लैजान नसकिएको जनाएकी छन्।
यस्तो अवस्था सुनेर हिज कालचिनी बीडीओ र बीएमओएच बुद्धको स्थिति हेर्न राइमटाङ चियाबारी पुगेको थियो। अवस्था हेरेपछि तिनलाई बाँधेर नराख्ने सल्लाह घरको सदस्यहरूलाई दिँदै जिल्ला स्वास्थ्य विभागमा आवेदन गर्ने सल्लाह दिएको थियो। यता बीडीओ र बीएमओएच फर्किएपछि घरका आमाले यसलाई बाँधेर नराख्दा घरबाट बाहिर कता कता निस्कने र नियन्त्रण गर्न नसक्ने अवस्थामा बाँधेर राख्न बाध्य बनेको बताएका छन्। छोराको उपचार भए धेरै राम्रो हुन्थ्यो भन्दै प्रशासनले मदत गरे यसको उपचार बाहिर लगेर गर्न सकिन्थ्यो तर के गर्ने घरको सदस्यहरूसित उपचार खर्च नभएकोले बाध्य तथा असहाय बस्न परेको मानसिक आक्रान्त दिव्याङ्ग बुद्धको आमाले बताएकी छन्।










