दुईजना युवक पिस्तोलसहित पक्राउ

9e1ead14-3ad5-4043-861d-60c968a4e1ca

कालचिनी – बिहीबार एउटा गोप्य सूचनाको आधारमा कालचिनी थानाको पुलिसबलले राति प्रायः १० बजी दुईजना युवकलाई एउटा देशी पिस्तोल र एउटा बुलेट (पिल्तोलको गोली) सहित पक्राउ गर्न सफल भएको थियो भने हिज उक्त दुवै आरोपीलाई अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि पुलिसले ५ दिनको पुलिस रिमान्डमा कालचिनी थाना ल्याएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्। पक्राउ पर्ने ती दुवै युवक डिमा चियाबारी निवासी मनोज थापा र समीर थापाको रहेको पुलिस सुत्रले जनाएका छन्।

गोप्य सूचनाको आधारमा पुलिसले ती दुवै युवकलाई मेचपाड़ा ८ नम्बर गाउँको राङ्गामाटी रोडबाट पक्राउ गरिएको बताइएको छ भने शुक्रबार दुवै आरोपीहरूलाई अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएर ५ दिनको पुलिस रिमान्डमा ल्याइएको र आगामी सोधखोज गरिने  कालचिनी थाना प्रभारी टीएन लामाले थप जनाएका छन्।

About Author

Advertisement