गान्तोक। खेलो इन्डिया कार्यक्रम अन्तर्गत दक्षिम जिल्लाको भाइचुङ स्टेडिय़ममा आजदेखि फुटबल र आर्चेरी प्रशिक्षणको उदघाटन गरियो। यस अवसरमा मुख्य अतिथिकोरपमा नाम्ची नगर निगमका पार्षद गणेश राई रहेका थिए भने साथमा कौशल विकासका सल्लाहकार सतिश चन्द्र राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त निर्देशक छिरिङ ओङमु भोटियाले खेलो इन्डिया कार्यक्रमबारे विस्तृतरूपमा जानकारी गराइन्। यो कार्यक्रम विशेष गरेर केन्द्र सरकारको युवा मामिला मन्त्रालय अन्तर्गत योजना हो। यस योजना अन्तर्गत सरकारले एथलेटिक्समा चासो राख्नेहरूलाई प्रशिक्षण प्रदान गरेर अन्तराष्ट्रीयस्तरसम्म पुऱ्याउनु हो। आजदेखि शुरू भएको यस प्रशिक्षण कार्यक्रममा १७ वर्ष भन्दा कम उमेरका महिला र पुरूष खेलाडीहरूलाई प्रशिक्षण प्रदान गरिने भएको छ। आजको पहिलो प्रदर्शनी खेल नाम्ची अरेञ्ज र नाम्ची ग्रीनबीच सम्पन्न भएको थियो, जसमा नाम्ची अरेञ्ज विजयी बन्यो।