नशालु पदार्थ सहित एक युवक पक्राउ

photocollage_20226222274164.jpg

गान्तोक। राजधानी सदर पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी अभिषेक भोटियाकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसलाई विश्वासनीय सुत्रले दक्षिण जिल्लास्थित आदर्श गाउँ निवासी भोटियाले नशालु पदार्थको बेचबिखन गर्दै आइरहेको सूचना दिएको थियो। विश्वासनीय सुत्रले दिएको जानकारी अनुसार सदर थानाका एसआई अभिषेक लामीछानेको नेतृत्वमा गएको टोलीले आरोपीबाट भारी मात्रमा नशालु पदार्थ फेला पारेको थियो। पुलिसले आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ र सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement