मुख्यमन्त्री पीएस गोलेद्वारा टाशीलिङमा टावर ब्लक अनि लूप-२ भायाडक्टको उद्घाटन

IMG-20220603-WA0175.jpg

गान्तोक। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य सचिवालय टाशीलिङमा आज टावर ब्लक अनि लूप-२-भायाडक्टको उद्घाटन गरे।

यस अवधि मुख्यमन्त्री तामाङले आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली (ईआरएसएस) नियन्त्रण कक्ष अनि त्यसपछि क्याफेटेरियाको अवलोकन गरे। आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली विशिष्ट छ जुन सबै प्रकारका नागरिकहरूलाई आपतकालमा सम्बोधन गर्न ११२ नम्बर रहेको छ। संकटमा रहेका व्यक्तिले आफ्नो फोनबाट ११२ नम्बर डायल गर्नसक्छन्। बेसिक फोनको निम्ति पेनिक अलर्टको मामिलामा ५ अथवा ८ नम्बर दबाउनसक्छन् भने स्मार्ट फोनहरूको निम्ति नागरिकहरूले ३ अथवा ५ पटक पावर बटन थिच्नुपर्नेछ।

आजको कार्यक्रममा मुख्यमन्त्रीसँग राज्यका ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा, पर्यटन मन्त्री बीएस पन्त, यातायात विभागीय मन्त्री सञ्जीत खरेल, स्वास्थ्य मन्त्री डा. एमके शर्मा, राज्यका मुख्य सचिव एससी गुप्ता, पुलिस महानिदेशक, सचिवहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement