एसएसबी ५३ वाहिनीद्वारा कल्चरल एक्सचेन्ज प्रोग्राम


कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना एवम् जयगाउँ जी कम्पनीको तत्परतामा जयगाउँको एउटा स्कूलमा कल्चरल एक्सचेन्ज प्रोग्राम सम्पन्न गरीएको जानकारी एसएसबी सुत्रले दिएका छन। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट धीरज कुमारको दिशानिर्देशमा औ एसएसबी जयगाउँ जी कम्पनीको प्रभारी गौरचन्द्र रायको उपस्थितिमा सो कार्यक्रमको उद्घाटन गरीएको थियो। मूलतः आजादीको अमृत महोत्सव अन्तर्गत कल्चरल एक्सचेन्ज र एकतामाथि यो कार्यक्रम सम्पन्न गरीएको थियो भने कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य साथै नाटक प्रदर्शन गरेको थियो। उक्त अवसरमा विभिन्न स्कूलका विद्यार्थीहरू लगायत शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement