प्रसाद थुलुङको कटाक्ष जिटिएप्रति

दार्जीलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चा रंगबुल धोतरिया प्रवक्ता प्रसाद थुलुङले जिटिएलाई कटाक्ष गरेका छन्। उनी यसो भन्छन्‌ बनिएको सडक मार्गमा कालो पत्र सम्म गर्नु नसक्ने जीटीए जस्तो ब्यवस्थाको पछि लागेर पहाडलाई चौतर्फी खत्तम बनायो।
आफ्नो पार्टी र आफ्नो अस्तित्व बचाउने कार्य गरिरहेका छन् पहाडको राजनैतिक दलहरुले जातिको निम्ति केही गर्नु सकेन। जनताले यी राजनैतिक दलहरुलाई मौका दिएको जे जति पनि गरेको छ भने केवल सुवास घिसिङले गरेका छन्।उनकै राजनैतिक टेक द्वारानै गोर्खा जातिको उत्थान हुनेछ।

About Author

Advertisement