कालचिनी। आगामी ७ जुनको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अलिपुरद्वार आगमनलाई ध्यानमा राखेर तृणमूलको विभिन्न गण संगठनहरुको सभा भईरहेको क्रममा आज निमती दोमोहनीमा तृणमूल किसान खेत मजदूर समितिको कालचिनी ब्लक कमिटीको एउटा सभा किसान खेत मजदूर तृणमूल कंग्रेस कमिटीको जिल्ला सभापति प्रसेनजीत रायको निर्देशमा सम्पन्न भएको जानकारी कालचिनी ब्लक तृणमूल किसान खेत मजदूर समितिको सभापति अधीर रायले दिएका छन।
सभामा ब्लक सभापति अधीर राय, चेयरम्यान परिचन एक्का, लगायत ६ वटा अञ्चल सभापति र सचिवहरु एवम् विशिष्ट अतिथिहरुमा जिल्ला महासचिव कृष्णचन्द्र सरकार, सञ्जीव सरकार, एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
सभामा आगामी ७ जुनको दिन मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको परेड मैदानमा आउनेछिन भने सो सभामा तृणमूल किसान खेत मजदूर समितिको सदस्यहरु भारी संख्यामा पुग्ने आह्वान गरिएको थियो।
प्रत्येक अञ्चलको नेताहरुलाई सो दिन अलिपुरद्वार जनसभामा सहभागी बनाउने कमिटीले निर्णय लिएको अधीर रायले जनाएका छन।










