राजगञ्ज: आज लोकनाथ ब्रह्माचारीको १३२औँ पुण्यतिथि धुमधामको साथमा मनाइरहेको छ। राजगञ्ज ब्लकको विभिन्न ठाउँमा पुण्यतिथि पालन गरिरहेको छ। राजगञ्ज ब्लकको राजगञ्ज अकारिगछ, सेल्टरबारी र बनेभाषा गाउँमा आज बिहानदेखि मानिसहरू पुजा अर्चना गर्न आइरहेका छन्। यस सम्बन्धमा पुजा कमिटीको तर्फबाट हराधन साहाले बताएअनुसार कोरोनाले गर्दा गत दुई वर्ष पुजा गर्न सकिएन। तर यस वर्ष भव्य रुपमा पुजाको आयोजना गरिरहेको छ। आज दिनभरि पूजा-अर्चनाको गरिनेछ भने साँझ समय बाउल गीतको व्यवस्था पनि गरिएको छ। पुजा गर्नको लागि स्थानीय मानिसहरू लगायत टाढा-टाढाबाट श्रद्धालुहरू आइरहेका छन्।