हाम्रो पार्टीको उम्मेद्वारहरूले दर्ता गऱ्यो नामङ्कन पत्र

photocollage_202263165617607.jpg

दार्जीलिङ: हाम्रो पार्टी सत्तामा आए पादर्शी राखेर काम गर्नेछ यो मन्तब्य पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डसले पोखेको हो। जीटीए चूनावको नामङ्कन पत्र दर्ता गर्ने आज अन्तिम दिन रहेको हुनाले हाम्रो पार्टीले जीटीए सभाको ४५ वटा आसनहरूमा नै पार्टी उम्मेद्वारहरूले नामङ्कन पत्र दर्ता गऱ्यो। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो नामङ्कन पत्र दर्ता गरेपछि पत्रकारहरूसँगको कुराकानीमा तिनले स्पष्ट शब्दमा भने जीटीएसँग हामीलाई कुनै चासो छैन तर जीटीए सभाको चूनावमा यहाको राजनैतिक दलहरूसँग सँगै धेरै निर्दलीय उम्मेद्वारहरूले नामङ्कन पत्र दर्ता गरेपछि हाम्रो पार्टीले पहाडमा जनताको राज ल्याउनलाई जीटीए को ४५ वटा आसनहरूमा नै उम्मेद्वार खडा गर्ने निर्णय लिएका हौ। अध्यक्ष एडवार्डसले अघि भने पहाडको कतिपय राजनैतिक दलको नेतृत्वहरूले जीटीए सभाको चूनावमा आफुहरू सत्तामा आए गोर्खाल्याण्डको आवाज उठाउँछु भन्ने जस्ता कुराहरू गर्दैछ साथै साइलेन्स भोटरहरूसँग भोटको अपिलहरू पनि गर्दै आइरहेको छ। त्यसरी नै पहाडको कतिपय राजनैतिक दलहरूको चुनाव लडने क्षमता नभएको हुनाले गर्दा जीटीए छुटटै राज्य गोर्खाल्याण्डको बाधा भन्ने गरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आरोप लगाए। पहाडको राजनैतिक दलहरूले हाम्रो पार्टीको मुद्वा र भिजनहरू कफी गरेर जनता समक्ष जाने प्रयास गरिरहेको छ तर ती राजनैतिक दलहरूले हाम्रो पार्टीको मुद्वा र भिजनलाई कफी गरेता पनि जनताको मन मस्तिकमा भएको माया र प्रेमलाई कुनै राजनैतिक दल एंव नेताहरू खोज्न नसक्ने अध्यक्ष एडवार्डसले भने। जीटीए एक विकाश गर्ने ऐजेन्सी मात्र हो,यसले गोर्खाहरूको जातिय सुरक्षा र जातिया परिचय दिनु कदापी सक्दैन यस सत्यतालाई कसैले नकार्न सक्दैन।गोर्खाहरूको जातिय सुरक्षा र जातिया परिचय छुटटै राज्य गोर्खाल्याण्डले मात्र दिन्छ। त्यसैले हाम्रो पार्टीको संविधानको टुप्पोमा छुटटै राज्यको विषयलाई राखिए को छ अध्यक्ष एडवार्डसले भने। जीटीए गोर्खाल्याण्डको मार्गमा बाधा हुदै होइन लददखमा लददख काउसिल हुँदा हुँदै बर्तमान केन्द्रको भाजपा सरकारले केन्द्र शासित प्रदेश गठन गरेको छ। अहिले पनि लददखमा दुई दुईवटा काउसिल यथवत सञ्चालन भईरहेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए। लाल कोठीमा हाम्रो पार्टीको बोर्ड गठन भएको खण्डमा जनताको हितमा आएको एक एक धनराशीहरूको हिसाब किताब सर्वजनिक गर्ने छौ, जस्तै अहिले हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डले गर्दै आइरहेको छ अध्यक्ष एडवार्डसले भने। जनता सचेत छ अनि सचेत जनताले इमान्दारीलाई चेयर अनि भष्ट्रचारीलाई जेल पठाउने सोच राख्छ भन्ने विषयहरूमाथि हाम्रो पार्टी आशाबादी रहेको अध्यक्ष एडवार्डसले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement