सिलगढी: सिलगढी महकुमा परिषदको आगामी २६ जुनको दिन मतदान सम्पन्न हुने भएको छ। उक्त मतदान ९ वटा आसनको लागि चुनाउ भइरहेको छ। जसमा पञ्चायत समितिमा मोठ ६६ वटा आसन र ग्राम पञ्चायतमा मोठ ४६२ आसन रहेको छ भने मतदाताहरूको सङ्ख्या मोठ ५ लाख २७ हजार ९३८ रहेको छ। जसमा पुरुषहरूको संख्या २,६४,४६७, महिलाहरूको सङ्ख्या २,६३,४६८ र थर्ड जेन्डरको सङ्ख्या मात्र ३ रहेको छ। यसको साथै मतदान केन्द्रहरूको सङ्ख्या मोठ ६५७ रहेको छ। चुनाउअघि महकुमा इलाकामा सान्ति बनाई राख्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट रुट मार्च शुरु गरेको छ। यसैक्रममा सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना पुलिसले एसीपी मनीष यादवको नेतृत्वमा चम्पासारी पञ्चायत अन्तर्गत देवीडाङ्गा, मिलनमोड लगायत विभिन्न इलाकाहरूमा आज पुलिसद्वारा रुट मार्च गरियो।