पार्वतीय राजस्व कर्मचारी कल्याण संघ (प्रकाश) को वार्षिक सभा सम्पन्न

00-IMG-20230123-WA0353

सिलगढी: गत वर्ष नोभेम्बर २०२२ मा पुरानो संस्था ‘एचओडब्ल्युएजी’लाई विघटन गरेर नयाँ संस्था ‘पार्वतीय राजस्व कर्मचारी कल्याण संघ’ (प्रकाश) गठन गरिएको थियो, जसमा समाजका निम्नस्तरका मानिसहरूलाई सामाजिक तथा आर्थिक सहयोग पुर्याउने उद्देश्य लिएको थियो। उक्त संघको प्रथम वार्षिक सभा मेरीना मोटेल, बागडोगरामा गत २१ जनवरीमा संस्थाका अध्यक्ष राजेन्द्र कालिकोटेको अध्यक्षतामा सम्पन्न भएको थियो। संघका महासचिव पासङ भोटियाले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। ‘प्रकाश’ को गठन भएपछि गत् ५ नोभेम्बर २०२२ को दिन रोगों उच्च माध्यमिक पाठशालामा विध्यार्थीवर्ग एवं अभिभावकहरूलाई लिएर शैक्षिक एवं रोजगारको विविध मार्गहरू बारे सचेतना कार्यक्रम गरेको थियो।

यसै संघको पहलमा गत दिसम्बर महिनामा मेडिकल कलेजमा उपचाराधीन रोगीहरूलाई न्यानो लुगा एवं कम्बलहरू वितरण गरिएको थियो – ‘थस’ गैर सरकारी संस्था मार्फत। आउँदो वर्षको कार्यक्रमहरू सम्बन्धी प्रस्तावहरू राखेपछि पहिलाको समितिलाई विघटन गरियो। पासाङ्ग नर्बु शेर्पा र टी० पी० भोटियाको निरीक्षणमा नयाँ कार्यकारी समितिको गठन गरियो। ज्ञानेन्द्र कालिकोटे, सभापति, हीरा लेप्चा, उप सभापति, पासङ भोटिया, महासचिव, विशालचन्द्र लामा, उप सचिव, श्रीमती दोर्जी लमु भोटिया, उप सचिव, श्रीमती फुर्रबूला भोटिया, कोषाध्यक्ष लगायत अलिपुरद्वार, कोचबिहार, रायगंज, दार्जीलिङ, जलपाईगढी, सिलगढी, कोलकाता, बालुरघाट आदि जिल्लाबाट २४ जना कार्यकारी सदस्यहरू चयन गरियो।

भर्खरै राजस्व विभागमा अधिकारीको पदमा नियुक्ति पाएका नयाँ सदस्यहरू हीरा लेप्चा, सिनियर जोइन्ट कमिश्नरबाट एडिशनल कमिश्नरको पदमा पदोन्नति भएकोमा अनि तीनजना अधिकारीहरू विभागीय परिक्षामा उतिर्ण भएको खुशीमा केक काटेर खुशी मनाए। संघका विभिन्न सदस्य एवं सदस्याहरूद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति पछि वार्षिक सभा समापन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *