डा. नरेश चन्द्र खातीद्वारा लिखित पुस्तक ‘मत्स्येन्द्र प्रधान’ लोकार्पण   

सिलगढी: साहित्य अकादेमी दिल्लीबाट प्रकाशित डा. नरेश चन्द्र खातीद्वारा लिखित पुस्तक ‘मत्स्येन्द्र प्रधान’ मनोग्राफको विधिवत लोकार्पण गरिएको छ। यसको आयोजन भव्य-भावना प्रकाशन, सिलगढ़ीद्वारा गरिएको थियोl श्रीमती मातृका गजमेर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको यस कार्यक्रममा अनिता खातीको स्वागत भाषण राखिन्l  कार्यक्रममा विशिष्ट अतिथिहरू डा.जीवन नामदुङ, पी.अर्जुन, शरद प्रधान (काठमाण्डूबाट), डा.मोहन पी.दाहाल, डा. कृष्णराज घतानी, डा.जीवन राणा, डा.खेमराज शर्मा, डा.नरेश चन्द्र खाती, शिबु छेत्री (पत्रकार), महेश खाती, भव्य खाती, भावना खाती, अमिता खाती, अनिता खाती, पञ्चशीला चाहर उपस्थित थिए। सो कार्यक्रम उनकै निजी वासस्थान, इन्दिरापल्ली, शिवमन्दिर, कदमतला, सिलगढ़ीमा भएको थियोl

About Author

Advertisement