अग्निपीडित परिवारलाई सिलगढी टाउन वान ब्लक नमःशूद्र शरणार्थी सेलद्वारा सहयोग

सिलगढी: सिलगढीको १ नम्बर वार्डमा आगलागी हुँदा १० भन्दा अधिक घर जलेर खरानी भएको छ। सो घटनामा धेरै परिवार घरविहीन बनेको छ। अग्निपीडित प्रभावित परिवारको सहयोगको लागि सिलगढी टाउन वान ब्लक नमः शूद्र शरणार्थी सेल अघि आएको छ। नमः शूद्र शरणार्थी सेलद्वारा आवश्यकमन्द परिवारहरूलाई खाद्य सामग्री वितरण गरियो। यस अवधि सिलगढी टाउन वान ब्लक नमः शूद्र शरणार्थी सेलका अध्यक्ष अमित भद्र, शिव हाजरा, पार्षद सञ्जय पाठक, पार्षद रामभजन महतो, पार्षद दिलीप बर्मन लगायत अन्य मानिसहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement