माध्यमिकको परिणाम घोषणा, ९९ प्रतिशत ल्याएर दुई विद्यार्थी बने टपर

Student-1

कोलकाता: पश्चिम बङ्गाल बोर्डको माध्यमिक परीक्षाको परिणाम घोषणा भएको छ। यसपटक भने परिणाम निकै राम्रो आएको छ। परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। १०औं परीक्षामा केटाहौ भन्दा केटीहरु बढी सहभागी थिए। १०औं परीक्षामा कुल १०९८७७५ विद्यार्थी सहभागी भए जसमा केटाको संख्या ४८८९०७ र केटीहरूको संख्या ६०९८६८ थियो। मेदिनीपुर जिल्ला यस परीक्षामा शीर्ष स्थानमा छ। यहाँबाट ९७६३ उम्मेदवार उत्तीर्ण भएका छन्। यस परीक्षामा ८ लाख ८९ हजार विद्यार्थी उत्तीर्ण भएका छन्। पश्चिम बङ्गाल बोर्ड परीक्षामा ८८ ५९ प्रतिशत केटी उत्तीर्ण भएका छन्। यस परीक्षामा ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि छात्राहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। परीक्षामा उत्कृष्ट हुनेको नाम पनि सार्वजनिक भएको छ, पश्चिम बङ्गाल माध्यमिक परीक्षामा दुई विद्यार्थी उत्कृष्ट भएका छन् भने रामहरिपुर रामकृष्ण मिशन हाईस्कूल बाँकुराका अरमत पडोई र बर्दवान सिम्स स्कूलका सैनक महन्त संयुक्त रूपमा प्रथम भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement