सिविटार चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा १० नम्बर गाउँ च्याम्पियन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको कोठीडाँडामा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा सिविटार चियाबारीको १० नम्बर गाउँ च्याम्पियन बनेको छ। गत २२ नोभेम्बर २०२२ देखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आईतबार सम्पन्न भएको छ। उक्त फाइनल खेल सिविटार १० नम्बर गाउँ र सिविटार चियाबारीको शिवखोलामाझ सम्पन्न भएको थियो। उक्त फाइनल खेलको पहिले हाफमा गोल शून्य रहेको थियो। पहिलो हाफको खेल बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफमा भने १० नम्बर गाउँले गोल गरेर बढ़त बनाएका थिए। उक्त बढ़तलाई केही समय मात्र रहन दिएर शिवखोलाको अभिषेकले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। त्यसरी नै १० नम्बर गाउँको खेलाड़ीले फ्रि पाएर गोल गरी २-१ को बढ़त बनाएका थिए तर लगत्तै शिवखोलाको पक्षमा गौरव तामाङले गोल गरेर बराबरीमा ल्याउन सक्षम बनेका थिए। दोस्रो हाफको खेल बराबरीमा समाप्त भएपछि खेल पेनल्टी शुट आउटमा पुगेको थियो। पेनल्टीमा सिविटार १० नम्बरको पक्षमा चार गोल अनि शिवखोलाको पक्षमा ३ गोल मात्र भएकोले १० नम्बर गाउँले पेनल्टीमा ४-३ को अन्तरले खेल जितेर च्याम्पियन बनेको छ। सिविटार १० नम्बरको तर्फबाट तीनजना खेलाड़ीहरू मगाइएको थियो। यस फाइनल खेलमा मुख्य अतिथिको रूपमा सिविटार चियाबारीको मुख्य प्रबन्धक राजीव छेत्री उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा सहायक प्रबन्धक विवेक, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, सिविटारको बगानको बगान बाबु जनक छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। यस फाइनल खेलमा म्यान अफ् द म्याच शिवखोलाको अभिषेक चयन भएका छन् भने प्लेयर अफ् द टुर्नामेन्ट पनि शिवखोलाकै गौरव तामाङ चयन भएका छन्। फाइनलमा बिजली दललाई ट्रफिसहित २७ हजार ५ सय रुपियाँ नगगराशि पनि प्रदान गरिएको छ भने पराजित दललाई ट्रफिसहित नगदराशि १७ हजार प्रदान गरिएको जानकारी आयोजक समितिको पक्षबाट नसीप लेप्चाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement