स्पेनिश ला लीगाः एट्लेटिको म्याड्रिड र रियल सोसिएदादको जीत

स्पेनिश ला लीगा फूटबलमा एट्लेटिको म्याड्रिड र रियल सोसिएदादले आ-आफ्नो म्याच जित्यो। एट्लेटिको म्याड्रिडले मध्यान्तरअघिको असल प्रदर्शनको दममा भाल्लाडोलिडलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड वाण्ड्रा मेट्रोपोलिटानो स्टेडियममा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोले म्याचको तीनैवटा गोल मध्यान्तर अघि दर्ता गऱ्यो। अल्भारो मोराटाले १८औं, एण्टोनी ग्रीजम्यानले २३औं र मारिओ हरमोसोले २८औं मिनटमा गोल गरे। यस जीतको साथै एट्लेटिको म्याड्रिड १८ वटा म्याचमा ३१ पोइण्टको साथ ला लीगा टेबलको चौथो स्थानमा पुग्यो। भाल्लाडोलिड १७ पोइण्ट लिएर १८औं स्थानमा रहेको छ। रियल सोसिएदादले पनि रायो भालेकानोलाई २-०-ले पराजित गऱ्यो। म्याचमा दुई टीमबीच रोचक प्रतिस्पर्धा भए पनि पहिलो हाफमा छिराएको 2 गोलले रियल सोसिएदादलाई जीत दिलायो। यस जीतपछि रियल सोसिएदाद १८ वटा म्याचा 38 पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। नवौं स्थानमा रहने रायो भालेकानोसँग १८ वटा म्याचमा २६ पोइण्ट रहेको छ।

यस सीजनमा असल फर्ममा रहने रियल बेटिसले चाहिँ एस्पानयोल विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। एस्पानयोलबाट एकमात्र गोल मार्टिन ब्रेथवेटले ४३औं मिनटमा छिराए। यस हारपछि रियल बेटिस १७ वटा म्याचमा २८ पोइण्ट लिएर छैटौं स्थानमा रहन पुग्यो। यसरी नै १२औं स्थानमा रहने एस्पानयोलसँग २० पोइण्ट रहेको छ। ला लीगाका अन्य म्याचहरूमा मालोर्काले सेल्टा विगोलाई १-०-ले अनि सेविलेले काडिजलाई त्यही अन्तरले पराजित गऱ्यो।

About Author

Advertisement