रंगबुलमा ओपन नक्आउट फूटबलः यूकेएफसी सेमिफाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा आइतवार भएको क्वार्टर फाइनल म्याचमा यूकेएफसी-ले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट छोपेल तामाङ र राज राउतले १-१ गोल गरे। सिलगढ़ी युनाइटेड एफसी-बाट उर्गेन शेर्पाले १ गोल गरे। यूकेएफसी-का आदर्श राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement