रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा आइतवार भएको क्वार्टर फाइनल म्याचमा यूकेएफसी-ले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट छोपेल तामाङ र राज राउतले १-१ गोल गरे। सिलगढ़ी युनाइटेड एफसी-बाट उर्गेन शेर्पाले १ गोल गरे। यूकेएफसी-का आदर्श राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।