राज्य सरकारसित पेट्रोल-डीजलमा सेसमा कटौती गर्ने माग

photocollage_202262213246305.jpg

कोलकत्ता। भाजपाको प्रदेश एकाईले राज्य सरकारसित पेट्रोल-डीजलमा सेसमा कटौती गर्ने माग गरेको छ। केन्द्र सरकारको तर्फबाट पेट्रोलमा सेन्ट्रल एक्साइज ड्यूटीमा कटौती गरेको फलस्वरूप पेट्रोल-डीजलको दर कम गरिएपछि अब भाजपाको प्रदेश एकाई राज्य सरकारमाथि हमलावर भएको छ। आज पार्टीका प्रदेश अध्यक्ष सुकान्त मजुमदारले चेतावनीपूर्ण अन्दाजमा भने, यदि पेट्रोलियममा सेसमा कटौती नगरिए भाजपाले राज्य सचिवालय नवान्नको घेराव गर्नेछ। १५ दिनभित्र पेट्रोल-डीजलको दरमा कटौती गर्नपर्नेछ। साथै अदालतको निर्देशानुसार छिटोभन्दा छिटो केन्द्र सरकार अनुरूप राज्य सरकारले पनि डीए दिनपर्नेछ। यसो नहुँदा भाजपाले नवान्न घेराव गर्नेछ। राज्य सरकारको स्वास्थ्यसाथी कार्ड विफल भईसकेको छ। राज्यमा आयुष्मान भारत ल्याउन जरूरी भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement