१२ जूनमा सम्पन्न हुनेछ अन्तर्राष्ट्रिय बाल श्रम विरोध दिवस
यस वर्षको थीम: “बाल श्रम अन्त्य गर्न विश्वव्यापी सामाजिक सुरक्षा”
खरसाङ: बालबालिकाहरुको अधिकार, सुरक्षा र विकासबारे बृहत अभियान चलाइरहेको नर्थ बेंगल चाइल्ड राइट्स नेटवर्क (एनबीसीआरएन) ले यस वर्ष आउँदो १२ जूनको दिन अन्तर्राष्ट्रिय बाल श्रम विरोध दिवसको अवसरमा सिलगढीमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छl यसै कार्यक्रमबारे बालबालिकाहरुको अधिकार, सुरक्षा र विकासबारे चर्चा गर्न बिहीबार दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रको कार्यालयमा एनबीसीआरएनको सभा सम्पन्न भयोl सभामा एनबीसीआरएनका संयोजक रहेका सेवा केन्द्र सिलगढीका प्रतिनिधि अलिशा यादवले गएको मई महिनामा सम्पन्न भएको सभाको प्रतिवेदन पढेर सुनाइन्l यस वर्ष अन्तर्राष्ट्रिय बाल श्रम विरोध दिवसको थीम रहेको छ “बाल श्रम अन्त्य गर्न विश्वव्यापी सामाजिक सुरक्षा”l यसैअन्तर्गत आउँदो १२ जूनको दिन एनबीसीआरएनको आयोजनामा बागडोग्रा एयरपोर्ट मोड अर्थात बिहार मोडमा अन्तर्राष्ट्रिय बालश्रम विरोध दिवसको विशेष कार्यक्रम सम्पन्न हुनेभएको छl बालश्रम बालबालिकहरुको बाल्यकाल तुहाउने हुनाले यो सामाजिक साथै कानुनी अपराध रहेको बारेमा सर्वसाधारणलाई जागरुक गराउन कार्यक्रम आयोजना गरिने भएको छl यस कार्यक्रममा बालबालिकाहरु साथै समाजका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहनेछl १४ जूनको दिन सिलगढीस्थित खालपाडा क्षेत्रमा त्यहाँका स्थानीयहरुलाई जागरुक गराउन कार्यक्रम सम्पन्न हुनेछl खालपाडा क्षेत्रमा साना साना बालबालिकाहरुले पुराना थोत्रा फ्याँकिएका समानहरु फोहोरमैलाको थुप्रोबाट उठाएर सोही क्षेत्रमा बिक्री गर्ने गर्छन्l ती बालबालिकाहरुलाई यस्ता फोहोरमैलाको परिवेशबाट मुक्त गराएर सामाजको मूलधारामा फर्काइल्याउनका लागि यो विशेष जागरुक अभियान शुरु हुनेछl यसका लागि त्यहाँका स्थानीय मानिसहरुलाई ती बालबालिकाहरुबाट कुनै पनि किसिमका स्क्र्याब अर्थात थोत्रा सामाग्रीहरु नकिनिदिने आहवान गरिनेछl

बालबालिकाहरुको अधिकार, सुरक्षा र विकासका लागि अभियान चलाउँदै आइरहेका गैरसरकारी संस्थाहरुको एउटा संयुक्त मंच हो एनबीसीआरएनl यस अभियानद्वारा सर्वसाधारणलाई अझ व्यापक रुपमा जागरुक गराउन एनबीसीआरएनको मुख्य उद्देश्य रहेको छl हालमा एनबीसीआरएनसित १७ वटा गैर सरकारी संस्थाहरु संलग्न रहेको छl आज पनि बाल अधिकार बारे आधा बढी जनसंख्या अनभिज्ञ छन्l बिहीबार सम्पन्न भएको एनबीसीआरएनको सभामा बालबालिकाहरुको अधिकार सुरक्षा बारेमा विशेष विचार-विमर्श गरियोl एनबीसीआरएनले आफ्नो अभियान र उद्देश्यलाई अझ बढी व्यापकता दिने भएको छl यस सभामा कञ्चनजङ्घा उद्धार केन्द्रबाट प्रभात पाठक, टाइनी ह्यान्ड्सबाट बिनय तामाङ, सिनिबाट गायत्री राई, सेवा केन्द्र सिलगढीबाट अलिशा यादव र हिमेश जोर, दार्जीलिङ मेरी वर्ड सोसियल सेन्टरबाट कौशिक रोय चौधरी र परमिता, एडिथ विल्किन्स स्ट्रीट चिल्ड्रेन ट्रस्टबाट अनुजा घले, रिन्चेन तामाङ र अनुप आले अनि दार्जीलिङ चाइल्डलाइन उप केन्द्रबाट ईशा लेप्चा, देवीमाया प्रधान तामाङ, किशोर छेत्री र दीपशिखा छेत्रीको सहभागिता रहेको थियोl आउँदो १२ जूनको दिन एनबीसीआरएनसित संलग्न रहेका गैर सरकारी संस्थाहरुले आआफ्नो कार्यक्षेत्रमा पनि अन्तर्राष्ट्रिय बाल श्रम विरोध दिवसको कार्यक्रमहरु गर्ने भएको छl








