अष्ट्रेलियन ओपनः नम्बर एक खेलाड़ी स्वियातेकलाई पराजित गरी रायबाकिना क्वार्टर फाइनलमा

विम्बल्डन च्याम्पियन एलेना रायबाकिनाले आइतवार मेलबर्नमा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकलाई सीधा सेटमा पराजित गरी पहिलोपल्ट अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टको महिला एकल क्वार्टर फाइनलमा प्रवेश गरिन्। सालको पहिलो ग्राण्ड स्ल्याममा २२औं वरीयता प्राप्त कजाकिस्तानकी रायबाकिनाले आफ्नो तेज सर्विसद्वारा स्वियातेकलाई लगातार समस्यामा पारिन् अनि डेढ़ घण्टासम्म चलेको म्याचमा ६-४, ६-४-ले जीत हासिल गरिन्। स्वियातेक तीनपल्टकी ग्राण्ड स्ल्याम विजेता हुन्। पोल्याण्डकी स्टार खेलाड़ीले गत वर्ष फ्रेञ्च ओपन र यूएस ओपनको खिताब जितेकी थिइन्। रायबाकिनाकी ऱ्याङकिंगले उनको कौशलको सही आकलन गर्दैन कारण गत वर्ष विम्बल्डन च्याम्पियन भएपि पनि उनलाई ऱ्याङकिंगमा कुनै फाइदा प्राप्त भएन। डब्ल्यूटीए र एटीपी-ले त्यस समय रुस र बेलारुसका खेलाड़ीहरूलाई विम्बल्डनमा प्रवेश नदिने अल ईंग्ल्याण्ड क्लबको फसेलाले गर्दा प्रतियोगिताबाट हासिल हुने पोइण्टलाई खेलाड़ीहरूका ऱ्याङकिंगमा जोड़ेको थिएन। रायबाकिनाको जन्म मस्कोमा भएको थियो तर २०१८-देखि उनले कजाकिस्तानको प्रतिनिधित्व गर्दै आएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement