बानरहाट: बानरहाट खण्डअन्तर्गत रहेको बानरहाट बजारस्थित नवनिर्मित ड्रेनमा पानी जमेको कारणले क्षेत्रमा धेरै दुर्गन्ध फैलिएको कारण आज स्थानीय व्यवसायीहरूले विरोध जनाउँदै उक्त नालामा ३०० जीवित माछाहरू हालेका थिए| स्थानीय व्यवसायीहरूको भनाइअनुसार नाला नबनुञ्जेलसम्म यो क्षेत्रमा कहिले पनि पानी जमेको थिएन तर जस्तो प्रकारले नयॉं नाला बनियो त्यस दिनदेखि यसक्षेत्रमा धेरै मात्रामा बजारको पानी पनि आएर जमिन थालेको छ जसले गर्दा स्थानीय मानिसहरू लगायत ग्राहकहरूलाई पनि धेरै असुविधा झेल्न परिरहेको छ| यसबारे चॉंडै नै स्थानीय पञ्चायतले अनि खण्ड विकास अधिकारीले जॉंच गरी यसको समाधान वर्षा अघि नै गरिनुपर्ने तिनीहरूले माग राखेका छन्| यसबारे बानरहाट १ नम्बर ग्राम पञ्चायत प्रधान भाग्यश्री उराउँ तिग्गाले भनिन्, पञ्चायतको तर्फबाट विभिन्न क्षेत्रहरूमा नाला बनाउने कार्य भइरहेको छ| सरसफाइको कार्य पनि भइरहेको छ| के कारणले पानी जमेको छ त्यसको क्षेत्रको भ्रमण गरी समाधान गरिनेछ| जसको निम्ति मानिसहरूले पनि स्थानीय प्रशासनलाई सहयोग गर्नुपर्ने बताइन्|










