पूर्व तृणमूल नेता राजेन मुखियाले सुकना पानीघट्टा समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा भरे नामांकन पत्र

IMG-20220602-WA0136.jpg

खरसाङ: आगामी जीटीए चुनावमा निर्दलीय प्रार्थीको रुपमा पूर्व हिल तृणमूल नेता राजेन मुखियाले आफ्नो नामांकन पत्र भरेका छन्। राजेन मुखियाले खरसाङको सुकना पानीघट्टा समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र भरेका छन्। पूर्व तृणमूल नेता राजेन मुखियाले सुकना पानीघट्टा समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै जनताले बाटो देखाउनु र हामीलाई नेतृत्व दिनु भनेको कारण नै जीटीए चुनावमा जानु कर लागेको अनि यसपाली निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामांकन पत्र भरेको जानकारी गराएका छन्। उनले आफुलाई जनताले भोट दिने कारणहरू थुप्रै रहेको बताउँदै मैले गोरामुमोको समयमा सुवास घिसिङसित मिलेर तराई क्षेत्रमा धेरै विकासका कार्यहरू गरेको र पछिबाट तृणमूल कंग्रेसमा आएपछि सिभिक भोलेटियर्सहरूलाई काम लगाएको र जनतालाई नोकरी दिएको साथै धेरै विकासको कार्यहरू गरेको कारणले नै यसपाली जनताले मलाई भोट दिनेछन् भनी विस्वास व्यक्त गरेका छन्। राजेन मुखियाले यसपालीको जीटीए चुनावमा आफ्नो चुनाव घोषणा पत्र विषयमा बोल्दै सुकना पानीघट्टा समष्टी क्षेत्रमा खण्ड बनाउने योजना रहेको, कलेज बनाउने योजना, रोडहरूको निर्माण कार्य, जमीनको पर्जापट्टा विषय लगायत विभिन्न समस्याहरू विषयमा हामी सभा बसेर चुनाव घोषणा पत्र बनाउने योजना रहेको बताएका छन् । मुखियाले जुन नेताले काम गर्छ त्यसलाई नै जनताले भोट दिएर बिजय बनाउँछ अनि मेरो काम देखेर यसपालीको चुनावमा मलाई बिजय बनाउने विस्वास व्यक्त गरेका छन् । उनले यसपालीको जीटीए चुनावमा निर्दलीय प्रार्थीहरूको लहर रहेको र यसपालीको चुनावमा प्रार्थीहरू बेसी रहेकोले ठूल्ठूलो नेताहरू पनि धकासाही हुने बताएका छन्।

About Author

Advertisement