राष्ट्रपति रामनाथ कोविन्दद्वारा तीन उच्च अदालतको निम्ति न्यायाधीशहरु नियुक्ति

President-Ramnath-Kovind-1

नयाँ दिल्ली: राष्ट्रपति रामनाथ कोविन्दले तीन उच्च अदालतको निम्ति १२ जना न्यायाधीश नियुक्ति गरेका छन् अनि पाँचजना उच्च अदालतका न्यायाधीशको ट्रान्सफर गरेका छन्। राष्ट्रपतिले पटना उच्च अदालतको निम्ति ७, जम्मू-कश्मीर र लद्दाख उच्च अदालतको निम्ति १ र केरला उच्च अदालतको निम्ति चार न्यायाधीशको नियुक्ति गरेका छन्।

राष्ट्रपतिले पटना उच्च अदालतको निम्ति जुन न्यायिक अधिकारीहरूलाई न्यायाधीशको रूपमा नियुक्त गरेका छन्, त्यसमा शैलेन्द्र सिंह, अरुण कुमार झा, जीतेन्द्र कुमार, आलोक कुमार पाण्डेय, सुनील दत्ता मिश्रा, चन्द्र प्रकाश सिंह र चन्द्रशेखर सामेल छन्। राष्ट्रपतिले वसीम सादिक नरगललाई जम्मू, कश्मीर र लद्दाख उच्च अदालतको एडिशनल न्यायाधीशको रूपमा नियुक्त गरेका छन्। उनले केरला उच्च अदालतको स्थायी न्यायाधीशको रूपमा जसको नियुक्ति गरेका छन्, त्यसमा जस्टिस मुरली पुरुषोत्तमन, जियाद रहमान अलेवाकट अब्दुल रहीमन, करूणाकरण बाबू र डाक्टर कौशर एडाप्पागथ सामेल छन्। यसबाहेक राष्ट्रपतिले जम्मू-कश्मीर र लद्दाख उच्च अदालतको न्यायाधीश जस्टिस धीरज सिंह ठाकुरलाई बम्बे उच्च अदालत, त्रिपुरा उच्च अदालतका न्यायाधीश जस्टिस एस तालपत्रालाई उड़ीसा उच्च अदालत, उडिसा उच्च अदालतका न्यायाधीश जस्टिस सीआर दासलाई कलकत्ता उच्च अदालत, मणिपुर उच्च अदालतका न्यायाधीश जस्टिस एल जमीरलाई गुवाहाटी उच्च अदालत, आन्ध्र प्रदेश उच्च अदालतका न्यायाधीश जस्टिस अहसानुद्दीन अमानुल्लाहलाई पटना उच्च अदालत र मध्य प्रदेश उच्च अदालतका न्यायाधीश जस्टिस पुष्पेन्द्र कुमार कौरवलाई दिल्ली उच्च अदालत ट्रान्सफर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement