भागोप्रमो कालेबुङ जिल्लाबाट ३४, ३७, ३८, ३९ र ४१ नम्बर समष्टिबाट नामाङ्कन भरे

18-52-59-nama.jpg

कालेबुङ। जीटीए चुनाउको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्लाको ३४ नम्बर समष्टिबाट नवरत्न प्रधान, ३७ नम्बर समष्टिबाट दावा तेन्जी शेर्पा, ३८ नम्बर समष्टिबाट मिलन प्रधान, ३९ नम्बर समष्टिबाट दिपेन शेर्पा र ४१ नम्बर समष्टिबाट सञ्चबीर सुब्बाले आज कालेबुङ महकुमा शासक कार्यालयमा पुगेर पार्टीको तर्फबाट नामाङ्कन पत्र बुझाए। नामाङ्कन पत्र बुझाउन अघि तिनीहरूले आफ्ना पार्टीका समर्थकहरूसित कालेबुङ सहरमा एउटा विराट ऱ्याली निकालेर शक्ति प्रदर्शन पनि गरे।

About Author

Advertisement