अफवाहलाई समाप्त गर्दै सौरभ गांगुलीले ल्याए विशेष एप

Sourav-Ganguly-1

नयाँ दिल्ली: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले नयाँ शिक्षा एप ‘क्लासप्लस’ शुरु गरेका छन्। यो एप शिक्षक र विद्यार्थी दुवैका लागि फाइदाजनक साबित हुने दाबी गरिएको छ। भारतका पूर्व कप्तान सौरभ गांगुलीले बुधबार ट्वीट गरेर सनसनी मच्चाएका छन्। गांगुलीले फ्यानहरुलाई केही नयाँ गर्ने योजना बनाएको बताए। गांगुलीको यो ट्विटपछि उनी कुनै राजनीतिक दलमा प्रवेश गर्दैछन् कि भनेर अड्कलबाजी गरिएको थियो। तर यी कुराहरू सत्य साबित भएनन्। बुधबार पनि गांगुलीले बीसीसीआई अध्यक्ष पदबाट राजीनामा दिएको चर्चा चलिरहेको थियो। यद्यपि, बीसीसीआई सचिव जय शाहले त्यस्ता रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै गांगुलीले अध्यक्ष पदबाट राजीनामा नगरेको बताए। गांगुलीले अक्टोबर २०१९ मा बीसीसीआईको अध्यक्षको पदभार ग्रहण गरेका थिए। गांगुली भारतीय क्रिकेट बोर्डका ३९औं अध्यक्ष हुन् र उनको कार्यकाल यस वर्ष सेप्टेम्बरसम्म छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement