२ जूनः विश्व च्याम्पियनशीपमा पदक विजेता बक्सर अमित पंघाल र शिव थापाले बिहीवार पटियालामा भएको ट्रायल्स जितेर आउँदो राष्ट्रमण्डल खेलहरूका निम्ति भारतीय बक्सिंग टीममा स्थान बनाएका छन्। विश्व च्याम्पियनशीप २०१९-का रजत पदक विजेता पंघालले ५१ किग्रा वर्गमा जीत दर्ता गरे भने असमका गोर्खे बक्सर थापाले ६३.५ किग्रा वर्गमा ट्रायल जिते। राष्ट्रमण्डल खेल ईंग्ल्याण्डको बर्मिंघममा २८ जुलाईदेखि आठ अगस्तसम्म हुनेछ। भारतले २०१८-को राष्ट्रमण्डल खेलहरूका बक्सिंग स्पर्धामा तीनवटा स्वर्ण, तीनवटा रजत र तीनवटा काँस्य पदक जितेको थियो। महिला वर्गको ट्रायल आउँदो हप्ता हुनएछ।
भारतीय टीमः
अमित पंघाल (५१ किग्रा), शिव थापा (६३.५ किग्रा), मोहम्मद हसमुद्दीन (५७ किग्रा), रोहित टोकस (६७ किग्रा), गत च्याम्पियन सुमित (७५ किग्रा), आशिष कुमार (८० किग्रा), सञ्जीत (९२ किग्रा) र सागर (९२ प्लस किग्रा)।