एसपीएससीले हालैमा आयोजना गरेका परीक्षाहरू अनुचित् तरिकाले भएको एसडीएफको आरोप

गान्तोक: सिक्किम प्रजातान्त्रिक मोर्चाले हालैमा सिक्किम पब्लिक सर्विस कमिशन (एसपीएससी) ले आयोजना गरेका परीक्षाहरू पूर्ण रूपमा अनुचित तरिकाले भएको आरोप लगाएका छन्। अनुचित तरिकामा समपन्न गराइएका यी परीक्षाहरु रद्द गराउने मांग गरेका छन्। सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीका प्रवक्त रिक्जिङ नर्बु भोटियाले आज इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित एक संवाददाता सम्मेलनमा यस्तो आरोप लगाएका हुन्। उनले एसपीएससी एउटा ठूलो अनि प्रतिष्ठित संस्थान रहेको, तर एसपीएससीले गत १६ जनवरीको दिन आयोजना गरेको परीक्षाहरूमा शिक्षित युवाहरूसँग ठूलो अन्याय भएको बताए। उनले यस परीक्षाहरूमा एसपीएससीद्वारा जारी गरिएका नियमहरूको खुल्लारूपमा उल्लंघन भएको छ भनी दाबी गरे। उनले परीक्षा दिने आकांक्षीहरूले एसडीएफको विद्यार्थी प्रकोष्ठमा शिकायत गरेपछि आफुहरूले पनि यसको छानबिन गर्दा उनीहरूको आरोप सही पाएको बताए। उनले परीक्षालाई लिएर एसपीएससीले जारी गरेका नियमहरू परीक्षा अवधि सबै उल्लंघन भएको पाएको बताए। उनले परीक्षा हलमा मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक ग्याजेटहरू लिएर जाँदा पनि कारबाही नभएको थाहा पाएको बताए। उनले एसपीएससी परीक्षाको निम्ति विद्यार्थीहरूले धेरै परिश्रम गरेर तयारी गरेका हुन्छन्, तर परीक्षा यसरी सही तरिकाले नहुँदा इमानदार विद्यार्थीहरूसँग ठूलो अन्याय भएको बताए। उनले केही परीक्षा केन्द्रहरूमा परीक्षा राम्ररी भए तापनि अधिकांश केन्द्रहरूमा भने अनुचित तरिकाले परीक्षा सम्पन्न भएको आरोप लगाए। उनले उक्त परीक्षाहरू फेरि गरिनु पर्छ भन्ने एसडीएफको माग रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement