साेबन घिसिङले दिएकाे बल पासमा अब गाेल धुर्ब बमजनले गाेल हाल्नेछ: साेबन घिसिङ

मिरिक। बिहीबार सियाेक गाेपालधारा ओकाईटी समष्टिका तृणमूल कंग्रेस समर्थकहरूले युवा महकुमा अध्यक्ष साेबन घिसिङकाे नेतृत्वमा हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईसित भेट गरेर आगमी जीटीए चुनाउ अनि समष्टिका पार्टी उम्मेदवार विषयमा कुरा कहानी गर्याे।समर्थकहरूले सियाेक गाेपालधारा ओकाइटी समष्टिमा तृणमूल कंग्रेसले उम्मेदवार खडा गर्ने भएपछि साेबन घिसिङलाई हामीले उम्मेदवारकाेरूपमा हेरेका थियाे।तर समष्टिमा पार्टीले धुर्ब बमजनलाई टिकट दिएपछि पार्टीकाे निर्णयलाई शिराेपर गरेर पार्टीले दिएकाे उम्मेदवारलाई विजय बनाँउने प्रतिबद्धता प्रकट गरे।यस अवसरमा बाेल्दै युवा महकुमा अध्यक्ष साेबन घिसिङले जनताले आशा गर्नु स्वभाविक हाे तर पार्टीकाे निर्णय सर्वमान्य हुने हुनाले नै पार्टीकाे निर्णयलाई स्वीकार गर्दै धुर्ब बमजनलाई विजयला बनाँउन सक्रिय भूमिक पालन गर्नेछाै भने।तिनले पार्टीको वास्तविक अडान र रणनिती बुझ्न पनि आज समर्थकहरू मिरिक नगरपालिका परिसरमा भेला भएकाे बताए। तिनले साेबन घिसिङले दिएकाे बल पासमा अब गाेल धुर्ब बमजनले हाल्नेछ भने। तिनले टिकटलाई लिएर कतिजना समष्टिमा रुष्ट थियाे जाे पार्टी चेयरम्यानशीत भेट गरेपछि साम्य भएकाे बताए। यश अवसरमा बाेल्दै हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले पार्टीले सियाेक गाेपालधारा ओकाइटी समष्टिमा टिकट वितरण गर्नुकाे कारण समष्टिबासीलाई बताँउनु पाएका थिएनाै अनि सम्झाउने कार्य आज गरिएकाे बताँउदै सबै कुराे बुझेपछि समर्थकहरू खुशी भएर गएकाे बताए।तिनले टिकट एउटालाई प्रदान गरिन्छ अनि टिकट वितरण हुदाँ सबै राजनैतिक दलमा नै केही कुराे उब्जिन स्वभाविक नै हाे।सियाेक गाेपालधारा ओकाइटी समष्टिमा साेबन घिसिङका समर्थकहरू धेरै रहेकाे जसलाई आज सम्झाँउने कार्य गरिएकाे बताए।तिनले साेबन घिसिङलाई पार्टीले विशेष पार्टीकाे दायित्व प्रदान गरेकाे पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement