“गोर्खा स्वाभिमान संघर्ष”-को कार्यक्रममा मेडिकल क्याम्पको आयोजना गरिने

एडवर्ड्स फाण्डेशनद्वारा आगामी २२ तारिख जनवरी २०२३-को दिन क्यापिटल हलमा जुन “गोर्खा स्वाभिमान संघर्ष”-को महिनाब्यापी कार्यक्रम भईरहेको छ त्यहीँ कार्यक्रमको एक हिस्सा बनाई मेडिकल क्याम्पको आयोजना गरिने भएको छ। उक्त मेडिकल क्याम्पमा दुईवटा जेनेरल फिजिसियन र एउटा आईको टेक्नेसियनको उपस्थिति रहने भएको छ जसमा रिडिन ग्लासहरु जसको पावर +२.५ सम्मको पनि उपलब्ध गरिनेछ साथै चेकअप अनि दबाईहरु निःशुल्क रुपमा उपलब्ध गराइनेछ सो सम्पूर्णलाई अवगत गराउँदै एडवर्ड्स फाउण्डेशनका ईन्चार्ज कुन्दन रजकले बिज्ञप्ती जारी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement