भारतीय जनता युवा मोर्चाको सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान

फुलबारी: भारतीय जनता युवा मोर्चाको तर्फबाट राधाबारी डाबग्राम-फुलबारी विधानसभाको सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान चलाइयो । यस यात्रामा भाजपा युवा मोर्चाको राज्य कमिटीका सभापति प्रियङ्का शर्मा, युवा मोर्चाको पलिसी एन्ड रिसर्च इन्चार्ज अनुरूद्ध मण्डल, जलपाइगढी जिल्लाको भाजपा युवा मोर्चा अध्यक्ष पलेन घोष लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। भाजपा युवा मोर्चाको तर्फबाट आजदेखि राज्यभरिमै सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान शुरू गरेको छ। उक्त अभियान आगामी ३ दिनसम्म चल्नेछ। यस अभियान अवधि भाजपाका कार्यकर्ताहरू विभिन्न सिमाना इलाकाहरूमा गएर साधारण मानिसहरूको कुराकानी गर्नको साथै तिनीहरूको विविध अभियोगहरू सुन्नेछन्। अर्कोतिर, राजगञ्ज पोस्ट अफिस मोडबाट भाजपा युवा मोर्चाको तर्फबाट एउटा ऱ्याली निकालिइयो। प्रियङ्का शर्माले भनिन्, भारतीय जनता युवा मोर्चाको पहलमा सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान शुरू गरेको हो उक्त अभियान अवधि आफूहरू सिमावर्ती इलाकामा गएर साधारण मानिसहरूसित कुराकानी गऱ्यो। यस अवधि तिनीहरूले आवाज योजनाको घर लगायत अन्य विविध अभाव अभियोगबारे बताए साधारण मानिसहरूले सटीक सुयोग सुविधाहरू पाओस् भन्ने उद्देश्य लिएर यी अभाव अभियोगहरू प्रधानमन्त्री र गृह मन्त्रालयमा पठाउने छ।

About Author

Advertisement