बाघडुग्रामा तराई ब्राञ्च इन्डियन टी एसोसिएसनको वार्षिक सभा

बाघडुग्रा: इन्डियन टी एसोसिएसन बाघडुग्रा बेगडुबी टीबीआईटीमा तराई ब्राञ्चको ६१औ वार्षिक सभा आयोजना गरियो ।सभामा विभिन्न विषयमा चर्चा गरियो। गत दुई वर्षदेखि श्रम लागतमा ११५ प्रतिशत वृद्धि भएको छ। यसैले गर्दा चियाको यस्तो स्थितिमा सबै मालिकवर्ग चिन्तित बन्न पुगेको छ। यदि चियाको स्थिति यस्तै रह्यो भने भविष्यमा यसबारे प्रश्नचिन्ह उठ्न सक्ने बताइएको छ। यसको साथै विभिन्न लाभ विषयमा पनि सभामा चर्चा गरियो। यस अवसरमा इन्डियन टी एसोसिएसनका चेयरम्यान नयनतारा पाल चौधरीले भने, भविष्यमा सबै मिलेर काम गर्यो भने उत्पादकता अवश्यै बढ्नेछ। अर्कोतिर, संगठनका सदस्यहरूले कम्ती मूल्यमा नेपालको चिया भारतमा बिक्री हुन थालेपछि यसले गर्दा दार्जिलिङको चिया प्रभावित भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई लिएर आपत्ती जनाए। यस अवधि इन्डियन टी एसोसिएसनका उपाध्यक्ष अतुल अस्ताना, महासचिव अरिजित राहा, टीबीआईटीए-का चेयरम्यान एसके गुप्ता, अध्यक्ष राणा दे लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement