भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा , रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा लेबोंग युनाइटेडले सजिलैसँग क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा बिहीवार भएको म्याचमा लेबोंग युनाइटेडले रिषिहाट भेटरन्सलाई ८-२-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुल तामाङले ह्याट्रिक गरे। यसरी नै दिवाकर राई र उज्ज्वल राईले २-२ गोल गरे। एक गोल निश्चल राईले छिराए। रिषिहाट भेटरन्सबाट निर्णयले २ गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।