सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा कञ्चनजंघा एफसी-ले फाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा बिहीवार भएको पहिलो सेमिफाइनल (नाइट) म्याचमा कञ्चनजंघा एफसी-ले कालेबुङ पुलिसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अरुण तामाङ र अनिश राईले गोल गरे। यसरी नै कालेबुङ पुलिसबाट लेण्डुप लेप्चाले १ गोल गरे। अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने दोस्रो सेमिफाइनल दार्जीलिङ एरोज र एमएमएफसी निरपानीबीच खेलिनेछ। टुर्नामेण्टको फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









