टीबीमुक्त सिक्किममाथि समीक्षा बैठक सम्पन्न

गान्तोक: सिक्किममा दुई दिन लामो टीबी च्याम्पियनहरूको राज्य स्तरीय समीक्षा बैठकको उद्घाटन गरियो। यो सत्र राज्य सरकारको स्वास्य़ एवं परिवार कल्याण विभागको टीबी सेलद्वारा गरिएको हो। बैठक एनएचएमका मिशन निर्देशक डा. राज प्रभा मोक्तानको अध्यक्षतामा भयो। यसबीच डा अशोक राईसहित विभिन्न अधिकारीहरू उपस्थित थिए। टीबी सेलको राष्ट्रिय संयोजक डा आर गोपी कुमारद्वारा यसबारे जानकारी गराइएको थियो। बैठकको मुख्य लक्ष्य सिक्किमका सबै जिल्लाहरूबाट टीबी रोग मुक्त गर्नु रहेको थियो। साथै यसअन्तर्गत दर्ता भएका टीबी च्याम्पियनहरूले गरेको प्रगति र प्रभावको समीक्षा गर्नु थियो र उनीहरूले सामना गरेका चुनौतीहरूको बारेमा छलफल गर्नु थियो। सिक्किमले क्षयरोगको तथ्याङ्क प्रस्तुत गर्‍यो र त्यस्ता बैठकहरूको महत्त्वलाई जोड दिएको थियो। क्षयरोग च्याम्पियनहरूलाई फाइदा पुर्‍याउन विभिन्न योजनाहरूबारे पनि जानकारी दिइएको थियो। डा आर गोपी कुमारले टीबी च्याम्पियनहरुको प्रयासको प्रशंसा गर्दै पछिल्लो दुई वर्षमा दर्ता भएका टीबी च्याम्पियनहरुको संख्या १२ बाट बढेर २७ पुगेको बताए। यो दुई दिनसम्म क्षयरोग सम्बन्धी विभिन्न विषयमा छलफल तथा कार्यक्रमहरु हुने छन्। कार्यक्रममा च्याम्पियनहरूको लागि भविष्यको रोडम्यापको तयारी पनि समावेश हुनेछ। च्याम्पियनहरूले आफ्नो अनुभव र आ-आफ्नो जिल्लामा सामना गरेका चुनौतीहरू साझा गर्नेछन्। टीबी च्याम्पियनहरूले सिक्किममा क्षयरोगको संख्या कम गर्न जागरूकता सिर्जना गर्न र आफ्नो प्रयासलाई अझ सुधार गर्न सक्ने तरिकाहरूबारे छलफल गर्न खुला छलफल पनि आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement