गान्तोक: गत १५ देखि १८ जनवरीसम्म सिक्किम राज्यको भ्रमण नीति आयोगको तीन सदस्यीय टोलीले गर्यो। टोलीमा अनुसन्धान अधिकारी डा. शोभित कुमार, सहायक वैदिका शेखर र परामर्शदाता रिसिता मुखर्जी रहेका थिए। यस टोलीको भ्रमणको मुख्य उद्देश्य हेल्थ एण्ड वेलनेस सेण्टर स्थापनाको प्रगति र यसले प्राथमिक स्वास्थ्य हेरचाहमा ल्याएको गुणात्मक परिवर्तनको समीक्षा गर्नु थियो। नीति आयोगका प्रतिनिधिहरूसँग राज्य सरकारको स्वास्थ्य विभागका अधिकारीहरूले लिङथेम, पासिङदोङ, तुमलाबोङ, रम्फू, माङ्गले र याङगाङमा केन्द्रहरूको निरीक्षण भ्रमण गरे।नीति आयोगको टोलीले पीएचसी र पीएसएससीहरूको हेल्थ एण्ड वेलनेस सेण्टरमा रूपान्तरणप्रति राज्य सरकारको समर्पणको सराहना गरेको छ। टोलीका सदस्यहरूले विभिन्न ठाउँहरूको भ्रमण गर्दै लाभार्थीहरूसँग अन्तरक्रिया गरे। टोलीले सिक्किम देशकै सर्वश्रेष्ठ राज्यहरू मध्ये एक रहेको बताउँदै प्रशंसा गरेको बताइएको छ।