गान्तोक: भाइचुङ भोटिया हाम्रो सिक्किम पार्टी (एचएसपी) का अध्यक्षले राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहनराव भागवतसँग भेट गरे। यसै भेटमा उनले ज्ञापन पनि बुझाए। ज्ञापन पत्रमा उनले सिक्किम सम्बन्धित तीनवटा मागमाथि भागवतको ध्यान आकर्षित गरेका छन्। एचएसपी महासचिव बिराज अधिकारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, एचएसपी अध्यक्ष भाइचुङ भोटियाले आज आरएसएस प्रमुख मोहनराव भागवतसँग भेट गरेर ज्ञापन बुझाएका छन्। ज्ञापनमा भोटियाले सिक्किमे नेपालीको सीट आरक्षण, लिम्बू तामाङको सीट आरक्षण र सिक्किममा इनर लाइन परमिट लागू गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारेका छन्।महासचिव अधिकारीले भनेका छन्, आरएसएसको सत्ताधारी भाजपासँग नजिकको राजनीतिक र वैचारिक आबद्धता छ। आरएसएसलाई भाजपाको अभिभावक संगठन मानिन्छ। यस कारण भाइचुङ भोटियाले यी मागहरू पूरा गर्न आरएसएस प्रमुखलाई आह्वान पनि गरेका छन्।










