रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा दार्जीलिङको 107 टीए-ले सेमिफाइनलमा स्थान बनायो। मंगलवार खेलिएको क्वार्टर फाइनल म्याचमा १०७ टीए-ले नेपालको सूर्योदय एफसी-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट करण राईले ह्याट्रिक गरे। यसबाहेक आशिष छेत्रीले १ गोल गरे। १०७ टीए-का खेलाड़ी एन्थोनी छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।