रंगबुलमा ओपन नक्आउट फूटबलः कञ्चनजंघा एफसी क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको कञ्चनजंघा एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा मंगलवार भएको म्याचमा कञ्चनजंघा एफसी-ले नेपालको न्यौपाने ट्रेभल्सलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक ठाकुरीले २ अनि अनिश राईले १ गोल गरे। अभिषेक ठाकुरीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement