रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको कञ्चनजंघा एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा मंगलवार भएको म्याचमा कञ्चनजंघा एफसी-ले नेपालको न्यौपाने ट्रेभल्सलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक ठाकुरीले २ अनि अनिश राईले १ गोल गरे। अभिषेक ठाकुरीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









