रेलिङ्ग च्याम्पियन्स ट्रफीः एमएमएफसी निरपानी सेमिफाइनलमा

रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एमएमएफसी निरपानीले सेमिफाइनलमा स्थान बनायो। सोमवार खेलिएको चरम रोमाञ्चक म्याचमा एमएमएफसी निरपानीले सिक्किमको रेड पाण्डा (नाम्ची)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा एमएमएफसी निरपानीबाट गिल्सन लिम्बुले ४१औं मिनटमा गोल गरे। त्यसपछि प्रकाश छेत्रीले ४५औं मिनटमा गोल गरी रेड पाण्डालाई १-१-को बराबरीमा पुऱ्याए। विजेता टीमका खेलाड़ी गिल्सन लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement