तोदेमा विविध कार्यक्रमहरुमाझ माघे मेला समपन्न

गोरुबथान: कालेबुङ जिल्ला अन्तर्गत ४५ नम्बर समष्टी तोदे ताङतामा,तोदे ताङता किराती खम्बू राई संस्कृति संस्थानद्वारा माघे संक्रान्तिको उपलक्ष्यमा माघे मेला सम्पन्न गरियो।यस मेलामा मनोरंजनका लागी विभिन्न प्रकारका खेलहरू राखिएको थियो। यस मनोरञ्जनात्मक खेलहरुमा क्याटिस हिर्काउने, खुर हिर्काउने, टायरमा गोली छिराउने इत्यादि खेलहरु राखिएको थियो‌। बेलुकी पख तोदे ताङता किराती खम्बू राई संस्कृति संस्थानका यूवाहरूद्वारा सांगीतिक साँझको पनि अयोजना गरिएको थियो।

यसरी कार्यक्रम गरिनुको मूल उद्देश्य स्थानीय कलाकारहरुको कलालाई अघि ल्याउने, प्रोत्साहन दिन हेतु यस्तो कार्यक्रम सम्पन्न गराइएको बताएका छन्। तोदे ताङताको धेरै कलाकारहरूले यस सांगीतिक कार्यक्रममा सहभागी जनाएको जानकारी पुर्ण बहादुर राईले दिएका छन्।

About Author

Advertisement