तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टमा गैरी गाउँ र हिरो बजार तीनधारे दोस्रो चरणमा प्रवेस

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा १७ माइलको युवाहरूका आयोजनामा भईरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा गैरी गाउँ तीनधारे र हिरो बजार बिजय बनेको छ। सोमबार भएको पहिलो खेल गैरी गाउँ तीनधारे र दुई नम्बरमाझ सम्पन्न भएको थियो। उक्त खेलमा गैरी गाउँले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १५५ रन बनाएको थियो। गैरी गाउँको पक्षमा सुमित छेत्रीले। सर्वाधिक ४५ रन बनाएको थियो भने २ विकेट पनि लिन सफल भएका थिए। उक्त रनलाई खेदो गर्दै दुई नम्बरले १५ ओभरमा ९ विकेट गुमाएर केवल १३५ रन मात्र बनाउन सकेको थियो। दुई नम्बर बस्तीको पक्षमा दिपेस खुलालले ३० बनाएको थियो। त्यसरी नै दोस्रो खेल हिरो बजार तीनधारे र घैयाबारीमाझ सम्पन्न भएको थियो। यस खेलमा हिरो बजारले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १६१ रन बनाउन सफल भएको थियो जसमा हिरो बजारको तर्फबाट विवेक दर्जीले सर्वाधिक ५५ रन बनाउन सफल बनेको थियो। उनले नै बलिङमा पनि १ विकेट लिएका थिए। १६२ रनको लक्ष्यलाई खेदो गर्दै घैयाबारीले १५ ओभरमा ८ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको थियो। यसरी घैयबारीलाई पराजित गरी हिरो बजार दोस्रो चरणमा प्रवेस गरेको छ। अब मंगलबार हुने दुईवटा खेलहरूमा पहिलो खेल सत्र माइल सिनियर्स र जोगमायामाझ अनि अर्को खेल चुनभट्टी बोइस र पुलिस आउट पोष्ट राजबारीमाझ हुने भएको जानकारी आयोजक समितिको पक्षबाट महेश सुनवारले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement